आज जनैपूर्णिमा

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा -ऋषि तर्पणी_ पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाईंदैछ । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो -रक्षाबन्धन_ बाँध्ने र जनै लगाउने प्रचलन छ ।
जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।
कमेन्ट गर्नुहोस !