बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालय हिरक महोत्सवको तयारीमा जुट्यो

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ मा रहेको शान्ति माध्यमिक विद्यालयमा हुन गइरहेको हिरक महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ ।आउँदो वैशाखमा ३ गते सञ्चालन हुने हिरक महोत्सवको पुर्व तयारीका लागि सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम गरिएको विधालयका प्रअ मानबहादुर पाण्डेले जानकारी दिनुभयो ।२०१९ सालमा स्थापना भएको विद्यालयले ६० बर्षमा प्रवेश गरेको छ ।सोहि अवसरको पुर्व तयारीमा आज कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

यो कार्यक्रम बुटवल र काठमाण्डौंमा पनि गर्ने योजनाका साथ अगाडी बढेको बताउनुभयो ।पछिल्लो समय शिक्षा तर्फ अहिलेको आवश्यकता लाई मध्यनजर गर्दै कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर इञ्जिनीयरिङ् (आईटी) अध्यापन गराइरहेको छ । शैक्षिक गुणस्तर सुधारको लागि हिरक महोत्सवमा सबै तर्फको साथ सहयोगको उपेक्षा रहेको छ ।यस अवसरमा शैक्षिक क्षेत्रलाई अब विद्यालयले कसरी अगाडि बडाउन आवश्यक छ,भने विषमा पनि राय सुझाव संकलन गरिएको उहाँले बताउनुभयो ।
विद्यालयबाट हाल सम्म एसईई उर्तिर्ण गर्नेको संख्या मात्र १८ सय बढी रहेको प्रअ पाण्डेले बताउनुभयो ।

सन्धिर्खक नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले शिक्षाको गुणस्तर पछिल्लो समयमा घट्दो क्रममा रहेको अवस्थामा विद्यालयले फरक प्रकारको शिक्षा प्रदान गरेकाले आगामी दिनमा पनि विद्यालय सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली ,नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रि ,नेकपा एमालेका अध्यक्ष पिताम्वर भुसाल ,नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहान,नेपाली काग्रेस जिल्ला कोषध्यक्ष विष्णु क्षेत्रि,बार एसोसियन जिल्ला अध्यक्ष केवि भुसाल,नेकपा (माओवादी) का देवबहादुर खड्का,नेसपाका जिन्दग खड्का,डाक्टर खगेन्द्र आचार्य ,अभिभावक नेत्र थापा, ले शान्ति माध्यमिक विद्यालयको गुणस्तर सुधारका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभएको हो ।विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु, बाँगी जन्मघर भई सन्धिखर्क नगरपालिकामा रहेर विभिन्न सरकारी तथा गैरसरकारी स्तरमा पेसा गर्ने, व्यवसायमा सलग्न रहेका अन्य व्यक्तित्वहरु, हाल अध्ययनरत विद्यार्थीका अभिभावकहरुको समेत सहभागीता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close