संविधानको रक्षा गर्नु अहिलेको आवश्यक होःकांग्रेस नेतृ भुसाल

सागर महत,अर्घाखाँची ।
नेपाली कांग्रेस नेतृ तथा पुर्व उपसभाभुख पुष्पा भुसालले समावेशी संविधानको रक्षा गराउनको लागि लोकतान्त्रीक गठबन्धनको जित अपरिहार्य रहेको बताउनुभएको छ ।रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा नेतृ भुसालले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको हो।
हिजोका दिनहरुमा पनि राष्ट्रिय राजनितिलाई बचाउन आम नेपाली जनताको त्याग, तपस्या, बलिदान र संघर्षको आवश्यक थियो र आज पनि त्यत्तिकै आवश्यक भएको बताउनुभयो । यदि कुनै कारण बहस लोकतान्त्रीक गठबन्धनको जित नभएको खण्डमा देशको समृद्वीमा धक्का समेत पुग्ने बताउनुभयो ।
भुसालले संघमा एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट लोकतान्त्रीक गठबन्धन बाट आईतबार सन्धिखर्कमा रहेको मुख्य निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराउनुभएको थियो।
प्रदेश सभा (क) का लोकतान्त्रीक गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले पुर्वाधार विकास सँगै कृषि र पशुपालनको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभयो ।
प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमलप्रसाद भुसालले पर्यटनको क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएको बताउदै । पर्यटन क्षेत्रको विकास संगै रोजगारीको वातावरण सृर्जना गर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले ,नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कान लगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, सदस्य रूद्रमणि भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !