जन्मभुमि अस्पताल सन्धिखर्कमा संचालनमा आयो

अनिल नेपाली ,सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि जन्मभुमि अस्पतालले कर्मचारीको स्वागत सहित अस्पतालको सेवा सुरु गरेको छ । जिल्ला अस्पतालमा कार्यरत डा. नवीन पौडेल ,डा .काशिकान्त यादबले दैनिक रूपमा सेवा दिने अस्पतालमाका कार्यकारी निर्देशक डिल बहादुर थापाले बताउनुभएको छ ।
थापाका अनुसार अस्पतालमा २४ ओै घण्टा ओपिडि सेवा आकस्मिक सेवा जनरल सेवा ल्याब भिडियो एक्सरे सुपथ मुल्यमा ओैषधी दिनुको साथै अस्पतालमा गरिब निमुखा अपांग गाउँपालिका नगरपालिकाका सिफारिसका आधारमा निशुल्क उपचार गरिने बताउदै अरू अस्पताल र पोलिक्लनिकले भन्दा बिरामीको सेवा गर्ने बताए कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र ढुङ्गाना पत्रकार अनिल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम जन्मभुमि अस्पतालमा विकास समितिका अध्यक्ष राम प्रसाद पोखेलको अध्यक्षता ,सचिव दिपक खासुको सञ्चालन र कोषाध्यक्ष बलराम मरासिनीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कर्मचारी चिकित्सक लाई परिचयपत्र टीका खादा दारा स्वागत गरिनुको साथै परिचय अस्पताल बाट उपलब्ध हुने सेवा सुविधा लगायतका बारेमा जानकारी गराईएको थियोे अस्पतालको ओैपचारिक उद्घाटन माघ पहिलो महिनामा हुने अनौपचारिक रूपमा अस्पतालले निरन्तर सेवा दिने बताए ।
कमेन्ट गर्नुहोस !