विवाहमा हुने फजुल खर्च कटाएर विपन्न्न विद्याथीलाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्ने

सागर महत /अर्घाखाँची । जिल्लाका एक दम्पतीले विवाहको भोज नगरेर विपन्न परिवारका विद्यार्थीलाई १ लाख रुपैयाँको आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्ने भएका छन् ।

जिल्लाको शितगंगा नगरपालिका–११ का गणेश बेल्बासे र शितगंगा १० की सुमित्रा भण्डारीले जिल्ला अदालत अर्घाखाँचीमा कानूनी विवाह गरेपछि पत्रकार सम्मेलन गर्दै सहयोगको घोषणा गरेका हुन् ।

शिक्षण पेशमा रहेका दुवैजनाले जिल्लाको शितगंगा–१० सिद्वारामा रहेको जनजागृती माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न परिवारका विधार्थीलाई ५० हजारको शुल्क सहयोग गर्ने भएका हुन् ।

यस्तै, जिल्लाका अन्य नगरभित्र रहेका विपन्न परिवारका बालबालिकालाई पनि ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गर्ने बेहुला गणेश बेल्बासेले बताउनुभयो ।

भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ विद्यार्थीलाई सहयोग रकम घोषणा गरिएको सुमित्रा भण्डारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close