अर्घाखाँचीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि,एकै दिन १सय ११ जना कोरोना मुक्त

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १८ जनामा कोारोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिमा ९ जना,शितगंगा नगरपालिकामा ४ जना र भुमिकास्थान नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्ला भरमा कुल कोरोना संक्रमितको संख्या २२ सय ४० पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १सय ११ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन ।
यो सँगै हाल सम्म जिल्लाभर बाट १९सय ५६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९ रहेको छ ।कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
कमेन्ट गर्नुहोस !