अर्घाखाँचीमा आइपिभी खोप लगाउनको लागि ३सय ८८ खोप केन्द्र तोकियो

सागर महत, सन्धिखर्क ।अर्घाखाँचीमा बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा यही जेठ १३गतेदेखि १७ सम्म सञ्चालन हुने खोप अभियानमा २०७३ साल वैशाख देखि २०७५ असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको बताएको छ ।
जसको लागि जिल्लाभरमा ३सय ८८ खोप केन्द्र तोकिएको खोप संयोजक विजय विकले जानकारी दिनुभयो। जसमध्ये शितगंगा नगरपालिकामा १सय ६,सन्धिखर्क नगरपालिकामा ६८,भुमिकास्थान नगरपालिकामा ५०,मालारानी गाउँपालिकामा ४६,छत्रदेव गाउँपालिकामा ४६ र पाणिनि गाउँपालिकामा ५० वटा खोप केन्द्र तोकिएको हो ।३सय८८ स्वास्थ्य क्रमी र ८ सय ७६ महिला स्वयंसेविका खटिने छन ।
७ हजार ५सय७५ जना बालबालिकालाई खोप लगाउन लागिएको हो। सोहि अनुसार तयारी पुरा भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताउनुभयो ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यो अभियान सफल पार्न जिल्लाबासीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडे्लले खोपको महत्व र आवश्यता माथी प्रकाश पार्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !