प्रतिमान निमा स्मृति प्रतिष्ठानद्वारा जिल्ला अस्पताल अर्घाखाँचीलाई स्वस्थ्य सामाग्री प्रदान

सागर महत /अर्घाखाँची ।
प्रतिमान निमा स्मृति प्रतिष्ठान द्वारा जिल्ला अस्पताल अर्घाखाँचीलाई स्वस्थ्य सामाग्री प्रदान गरिएको छ ।रुपन्देहीको भैरहवा बाट संचालित सस्थाले जिल्ला अस्पताल अर्घाखाँचीका डा. कपिल गौतमले माग गरे बमोजिमका स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जसमध्ये अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५थान ,अक्सिजन कन्सेन्टेटर, ५ थान,आइसीयु बेड १ थान,सेनिटाइजर ५० लिटर ५ सय थान सर्जिकल मास्क,मेडिकल टेन सेट १ थान , फेससिल्ड १सय थान सर्जिकल ग्लोब्स १सय थान लगायतका स्वस्थ्य सामाग्री कोरोना भाइरसको लहर अझै पनि कायम रहेकाले त्यसलाई मध्ये नजर र अस्पतालको आवश्यकता अनुसार स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जानकारी दिनुभयो ।

No description available.

स्वास्थ्य सामग्री  हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वयका प्रमुख पिताम्बर शर्माले अहिले सम्म जिल्लामा धेरै संघ संस्था स्वास्थ्य सामाग्री वितरण गर्न आएता पनि अस्पताललाई तत्काल लाई आवश्यक सामाग्री छ भनेर नआउने गरेकोमा प्रतिमान निमा स्मृति प्रतिष्ठान अस्पतालको आवश्यकता अध्यान गरि स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद समेत दिनुभएको हो ।

No description available.
यस्तै अस्पतालका प्रमुख डा. कपिल गौतमका अनुसार १ महिना सम्मको अध्यान पछि अन्य संघ संस्थाले दिएको स्वास्थ्य सामाग्री भन्दा फरक सामाग्री जिल्ला बासीको नाममा भित्राउँन सफल भएको बताउनुभयो ।

 

No description available.
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक,अस्पताल विकास समितिका अध्यक्ष श्रिकृष्ण भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन जनस्वस्थ्य निरिक्षक गणेशराज पौडे्लको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close