मतदाता नामावली संकलन आजबाट बन्द

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ ।३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि स्थगित गरेको छ ।कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो।सरकारले तोकेको मितिअनुसार चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । २०७४ सालको चुनावमा भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने अनुमान गरिएको छ । चुनावमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस !