अर्घाखाँची प्रहरीले ज्यान मुद्वामा २ र गर्भपन गराइदिने मेडिकल संचालक सहित ३ जना पक्राउ गर्ये

सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सवारी सम्बन्धी ज्यान मुद्वामा २ र १ जना गर्भपन गराइदिने मेडिकल संचालक पक्राउ परेका हुन ।पक्राउ पर्नेमा शितगंगा नगरपालिका वडा नम्बर ९नयाँबस्तीका ३४बर्षिय टोप बहादुर राना मगर सवारी ज्यान मुद्दामा पक्राउ परेका उनलाई अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएकोमा १बर्ष ६दिन को लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।


चालक राना मगरले शितगंगा नगरपालिका वडा नम्बर ९कालधारेमा उनले चलाएको एम्बुलेन्सले ठक्कर दिदा शितगंगा ९का बिरबहादुर खत्रीको घटना स्थलमा मृत्यु भएको थियो।
मृतक खत्रीलाई लु १झ ५९९ को एम्बुलेन्सले ठक्कर दिएको हो।यस्तै सवारी मुद्दामा छत्रदेव गाउँपालिका वडा नम्बर ७का नवराज श्रेष्ठ पक्राउ परेका छ्न।उनलाई जिल्ला अदालत अर्घाखाँचीको फैसला अनुसार २५दिनको लागि कारागार चलान भएको हो।श्रेष्ठले चलाएको लु ६९प ४६८६को मोटरसाइकलले ठक्कर दिदा सेती ताम्राकारको उपचारको क्रममा मृत्यु भएको थियो।
यस्तै गर्भपतन गराइदिने बुटवलको छायाँ क्लिनिक प्रा.लि.का संचालक आशिष आचार्य पक्राउ परेका छ्न।रुपन्देही बाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो। उनलाई अर्घाखाँची अदालतको फैसला अनुसार १महिना १५दिनको लागि कारागार चलान गरिएको छ।
मालारानी गाउँपालिका वडा नम्बर ७का ठाकुर प्रसाद भुसालले सोहि गाउँपालिका को वडा नम्बर ९गोखुङ्गगाको सल्ले झाल भन्ने स्थानमा आफुले पढाउने विधार्थीलाई जवरजस्ती करणी गरि पेट्मा अबैध गर्भ रहन गएको घटनामा निजहरुले २०७८फागुन १७गते दिउँसो शिवरात्रीको मेला हेर्न जान्छु भनी घरबाट सन्धिखर्कको बिपिन फार्मेसी भर्ना भएको छु भनी झुट बोली बुटवलमा पुगेर गर्भपतन गराएको खुलेकोले प्रहरीले गर्भपतन गराइदिने बुटवलको छायाँ क्लिनिक प्रा.लि.का संचालक आचार्यलाई पक्राउ गरी अदालतको फैसला अनुसार कारागार चलान गरेको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close