भुनपा धन्चौरमा रहेको जनजागृती माध्यमिक विद्यालयमा आर्थिक अनिमिताको आरोप

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान–१० धन्चौरमा अवस्थित जनजागृती माध्यमिक विद्यालय नमुना विद्यालय अन्तरगत छनोट भई कार्यक्रम संचालन भइरहेको विद्यालय हो । नमुना विद्यालय कार्यक्रम अन्तगत गत आर्थिक बर्ष २०७८÷०७९ मा शैक्षिक गुणस्तर सुधार शीर्षकको बजेट हिनामिना भएको पाइएको छ । शैक्षिक गुणस्तर सुधार तर्फ विद्यालय प्रशासनले मनोमानी तरिकाबाट सेटिङ्गमा खरिद गरेको समिति बाट नै गुनासो आएको र खरिद ऐनबिपरित खरिद गरेको देखिएपछि बजेट हिनामिना भएको आशंका उब्जिएको हो । विद्यालयले खरिद गरेको सामान के–के हुन् रु कति मुल्यका हुन् रु कस्ता सामान हुन् भन्ने बारेमा आफुहरुलाई अहिले सम्म कुनै जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हृदयकुमार भुसालको भनाई छ । सामान खरिद तथा विद्यालयको अन्य प्रशासनिक गतिविधि अपादर्शि भयो भनेर पटक–पटक कुरा राख्दापनि सुनुवाई नभएको उनको भनाई छ ।
सामाग्री खरिदमा पारदर्शी तरिकाले काम हुन नसकेको उक्त बिद्यालयका अभिभावक तथा पूर्व शिक्षक पूर्ण बहादुर भट्टराईले बताएका छन् । “शैक्षिक गुणस्तर सुधार तर्फको काम समयमै गर्नुपर्नेमा आर्थिक बर्षको अन्तिम २०७९ असार २४ गते पछि मात्रै हतारमा गरेको देखिन्छ ।”अभिभावक भट्टरनईले भने,“विद्यालयलाई आवस्यक के हो रु कुन सामाग्री कति खरिद गर्नुपर्ने हो रु सरोकारवालापक्षसंग सल्लाह तथा निर्णय नै नगरि मनोमानी ढङ्गले अन्तिममा आएर कम्प्युटरमा मात्रै ठुलो मुल्य खर्च गरेको देखिन्छ ।” विद्यालयमा पटक–पटक आर्थिक अपार्दशिताको सवालमा प्रश्न उठिरहेकोले नियामक निकाएले छानबिन गर्नुपर्ने अभिभावक तथा पूर्व शिक्षक भट्टराइको धारणा आएको छ ।
खरिद गरिएका सामान कहिले,कहाँ,कसरी,कति मुल्यमा,कसले खरिद गरेको हो रु भन्ने बिषयमा आफुलाई कुनै जानकारी नभएको उक्त विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताएका छन् ।
यता सोही विद्यालयका प्रधानध्यापक पिताम्बर खनालले भने सबै सामाग्री खरिद प्रक्रिया अनुसार नै गरिएको बताउँदै कुनैपनि अनियमितता नगरेको दाबी गरेका छन् ।
शैक्षिक गुणस्तर सुधारतर्फ ५० लाख बजेट खर्च गर्नुपर्नेमा २५ लाखको मात्रै किर्ते कागजात जुटाएर हतारमा सामाग्री खरिद गरेको तथा २५ लाख बजेट फ्रिज गएको स्थानियले आरोप लगाएका छन् । विद्यालयका गतिविधि नियमसंगत नभएको र आर्थिक अनियमितताको आरोप लागेपछि यसबाट पन्छिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल शर्माले आफु घरमै रहँदापनि ६ महिनाको लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफु पन्छिन खोजेको स्थानियको आरोप छ ।
नमुना कार्यक्रम संचालन भएको ३ बर्ष हुन लाग्दासमेत उल्लेख्य प्रगति हुन नसकेको र आर्थिक हिनामिना भएका गुनासो आउँदासमेत भुमिकास्थान नगरपालिका सहित अन्य नियामक निकाय भने मुकदर्शक बनेको पाइएको छ ।
माध्यमिक तहसम्मको विद्यालय संचालनको जिम्मा स्थानीय सरकारलाई आएपछि सरकारी तथा सामुदायिक स्कुलको गुणस्तर झन् खस्किदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस !