प्युठानका २ युवाको मृत्यु प्रकरणमा दाङमा टायर बालेर सडक बन्द,टिप्पर चालकलाई कारबाहीको माग

दाङ। दाङमा टिप्परको ठक्करबाट मृत्यू भएका मृतकका परिवारले घटनामा संलग्न चालकलाई कारबाही र उचित क्षतिपूर्ति नपाउँदासम्म शव नउठाउने भन्दै आन्दोलन टायर बालेर सुरु गरेका छन । आज बिहान देखि लामो तथा छोटो दुरीका गाडी चल्न रोक लगाएको छ ।
सुक्रबार दाङमा टिप्परको ठक्करबाट प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ बाङ्गे बस्ने बर्ष १७ को बिशाल जि.सी. र नौबहिनी गाउँपालिका– लुङ बस्ने १८ वर्षका सागर केसी मृत्यु भएको थियो ।
आज दाङ बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताउनुभयो ।मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको ब्यवस्था नभएकाले आन्दोलनका कार्यक्रमको घोषणा गरिएको जनाइएको छ
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।
कमेन्ट गर्नुहोस !