कांग्रेस अर्घाखाँचीको एकै दिन ६१ वटै वडामा कार्यक्रम सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीले आज जिल्लाका ६१ वटै वडामा एकै साथ कार्यक्रता भेटघाट, बृहत बैठक तथा अन्तरक्रिया कार्य सम्पन्न गरेको छ ।आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनलाई लक्षित गरि जिल्लाका सबै वडामा आज दिउसो १ बजे शुरु गरि एकै साथ कार्यक्रम सञ्चालन भएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनालले बताउनुभयो ।
कार्यक्रम सम्पन्न गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले सबै वडामा एक÷एक जन जिल्ला प्रतिनिधि खटाएको थियो । सबै वडामा नेपाली कांग्रेसको बर्तमान सांगठनिक अबस्था, भातृ सस्था तथा सुभेच्छ्क सस्थाहरुको गठन तथा पुनर्गठनको अबस्था लगायतका विषयमा एकै साथ कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठुलापोखरामा भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सहसचिव कमल पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनमा कांग्रेसको पक्षमा मत बढाउन आग्रह गर्नुभयो । उहाँले कुन ब्यक्ति र कसको मान्छेले टिकट पायो भन्दा पनि नेपाली कांग्रेसको उम्मेद्धार र रुख चिन्हलाई जिताउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि रामबहादुर राना, नेपाली कांग्रेसका नेताहरु ज्ञान प्रसाद पाण्डे, सुन्तली बिक, धनीश्वर पाण्डे, विश्वदेव न्यौपाने, कृष्ण प्रसाद आचार्य, विष्णु राना, शान्तादेवी उपाध्याय, धर्मराज पाण्डे, युवराज बन्जाडे, दिनानाथ पाण्डे, रघुनाथ पाण्डे, कविराज पाण्डे, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस छत्रदेव ६ ठुलापोखराका सभापति धनीश्वर पाण्डेको अध्यक्षता, गोपाल प्रसाद पौडेलको स्वागत मन्तब्य र रुपनारायण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close