शारिरिक अपाङ्गता भएका बालबालिकाका विपन्न परिवारलाई सक्षम परियोजनाद्वारा राहत वितरण

सागर महत /अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँची शाखाको आयोजना तथा सिबिएमको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरिएको छ ।जिल्लाभरका ३५ जना शारिरिक अपाङ्गता भएका बालबालिकाका विपन्न परिवार राहत वितरण कार्यक्रम अन्तर्गत पहिलो चरणमा सदरमुकाम सन्धिखर्कमा १० जना परिवार लाई राहत वितरण गरिएको परियोजना अर्घाखाँचीका सुपरभाइजर सुमन ढुंगानाले जानकारी दिनुभयो ।

No description available.

जसअनुसार आज प्रति परिवारचामल २५ ,केजी,नुन २केजी,दाल३ केजी,सेनेटाइजर आधा लिटर ,नुहाने साबुन ४ पिस,टबेल १ पिस,तेल २ लिटर, चिनी १ केजी ,मास्क ५० पिस लगायतका सामग्री प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका शाखा अधिकृत मन्जु खनालले शारिरिक अपाङ्गता भएका बालबालिकामा पनि फरक फरक क्षमता भएकाले हरेक क्षेत्रमा ति बालबालिका लाई पनि समावेश गर्नु पर्ने वातावरण मिलाउनमा सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको हो ।

No description available.

यस्तै नगरपालिकाले पनि आवश्यक अनुसारका विभिन्न संघ संस्था मार्फत समन्वय गदै काम गदै आएको र आगामी दिनमा पनि समन्वय गदै काम गर्ने बताउनुभयो ।यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष युवराज बन्जाडेले छोटो समयमा पनि परियोजनाले करिब ५ सय बालबालिकाको उपचार गरि नयाँ जिवन दिन सफल भएको भन्दै आगामी दिनमा पनि सेवा दिन आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रम सन्धिखर्क नगरपालिका शाखा अधिकृत मन्जु खनालको प्रमुख आतिथ्यता सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता ,परियोजना सहायक रक्षा पाण्डेको स्वागत मन्तव्य ,सृर्जनशिल अपाङ्ग सरोकार केन्द्र अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डे,कमला भुसाल, कमला परियारको लगायतले सुभमकामना मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन परियोजना सुपरभाइजर सुमन ढुंगानाको संचालनामा सम्पन्न भएको हो ।

 

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close