अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ११ जना,भुमिकास्थान नगरपालिकामा १ जना, शितगंगा नगरपालिकामा ६ जना,मालारानी गाउँपालिकामा ४ जना,पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३७ सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट १९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या २८ सय ९५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ६१ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालिकामा कोरोना संक्रमण बाट १ जनाको मृत्यु भए संगै हाल सम्म जिल्लाभरमा मृत्यु हुने संख्या ७८ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close