कार्यविधि मिच्दै ओलीले पनि लिए थप सुरक्षाकर्मी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कार्यविधि मिचेर थप सुरक्षाकर्मी लिएका छन् ।मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित ओलीले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिएका हुन् ।
ओलीले प्रधानमन्त्रीबाट हटेलगतै बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरिक्षक माधव केसीलाई पनि साथमै लगेका छन् ।शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगतै गृह मन्त्रालयले पटके निणर््ायमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्वपदाधिकारीहरुको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।पूर्वप्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरिक्षकबाहेक अरु पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी नायब निरिक्षक (सइ) भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् ।ओली नेतृतव्को सरकारको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ लागू गर्दै पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरुको सुरक्षामा कटौती गरेको थियो । कान्तिपुर
कमेन्ट गर्नुहोस !