सवारी दुर्घटना न्यूनिकरण गर्न सन्धिखर्कमा सचेतनामुलक कार्यक्रम सञ्चालन

सागर महत जेठ २७,अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर २को चुत्रावेशीमा गरिएको कार्यक्रममा बढ्दै गईरहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो।
दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक संकेत चिन्नहरु जिल्लाका मुख्य मुख्य ठाँउमा राख्ने काम भैरहेको बताउनुभयो ।
स्टिकरहरु टाँस्ने,ट्राफिक नियम, सवारी प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षीत तरिका,सडक प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित तरिका, ट्राफिक संकेत चिन्नहरु, सडक रेखाहरु लगायत सवारी नियम सचेतनामुलक जानकारी गराएको हो ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा भएको उक्त कार्यक्रममा मादक पदार्थ सेवन गरेर सवारी संचालन गर्दा हुने दुर्घटनाको डेमो समेत प्रर्दश गरिएको हो ।
दुर्घटना रोक्न सबै निकाय लाग्न जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराले बताउनुभयो ।विगतमा भन्दा अहिले दुर्घटना कम भएको तर त्यसलाई अझै कम बनाउन लाग्न आवश्यक रहेको छ।
सवारी दुर्घटना न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालयबाट सक्दो प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको भनाइ छ ।
यस्तै स्वास्थ्य कार्यालय अर्घाखाँचीले चालकको स्वास्थ्य परिक्षण देखि सचेतना स्टिकरहरु टाँस्ने कार्यमा समन्वय गर्दै आएको कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो।पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनालले आफुहरु पनि दुर्घटना न्यूनीकरण गर्ने अभियानलाई सघाउ पुर्याउन प्रतिबद्धता रहेको बताउनुभयो ।
कार्यक्रममा ट्राफिक प्रमुख निरज गौतम ,देउराली यातायात अर्घाखाँची प्रा.लि.का गोबिन्द प्रसाद बन्जाडे लगायतको सहभागी रहेको थियो।
कमेन्ट गर्नुहोस !