खाँचिकोट दरबार यूवा क्लवले भैलोबाट संकलन भएको रकम भूकम्प पीडितलाई सहयोग गर्ने

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा रहेको खाँचिकोट दरबार यूवा क्लवले भूकम्प पीडितलाई १० हजार आर्थिक सहयोग गरिने भएको छ ।
एकादशीको अवसरमा खेलेको देउसी भैलो बाट संकलीत रकम जाजरकोट र रुकुम पश्चिम का भुकम्प पिडितलाई भैलो बाट उठेको रकम बाट आफ्नो खर्च कटाई बचेको रकम १० हजार भुकम्प पिडित लाई आर्थिक सहयोग गर्ने क्लबका सचिव बाबूराम के.सि ले बताउनुभयो ।कला संस्कृतिको पहिँचान र सम्मान पुरानो रितिरिवाज जोगाऔं भन्ने मुल नाराका साथ भैलो संचालन गरिएको थियो ।
कमेन्ट गर्नुहोस !