शितगंगामा क्याम्पसको अलपत्र भवन बनाउनको लागि धार्मिक महोत्सव हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसले अलपत्र भवन बनाउनको लागि धार्मिक महोत्सव लगाउने भएको छ ।बजेट अभावमा बन्दै गरेको भवन अलपत्र पछि श्री मदभागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव लगाउन लागिएको क्याम्पस प्रमुख विष्णु प्रसाद भट्टराईले बताउनुभएको छ ।
वैशाख १ गते देखि ९ गते सम्म धार्मिक महोत्सव गर्न लागिएको उहाँले बताउनुभएको छ ।करिव १ करोड भएमा भवन सम्पन्न .हुने भएकाले सोहि अनुसारको उदेश्यका साथ कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलन बाट जानकारी दिनुभयो। महोत्सव सम्पन्न गर्नको लागि विभिन्न समिति पनि गठन गरिएको क्याम्पस प्रमुख भट्टराईको भनाइ छ ।

शितगंगा नगरपालिका संरक्षक रहेको यो कार्यक्रम सफल पार्न वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीले सबैमा आग्रह गर्नुभयो ।नगरपालिकाले शिक्षकको तलबको लागि व्यवस्था गरेपनि नगरपालिकामा प्राप्त बजेट नहुँदा केन्द्र र प्रदेश सरकारको बजेट आवश्यक भएपनि कतै बाट बजेट नआउँदा भवन अलपत्र परेको वडा अध्यक्ष अधिकारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close