खोलाले बगाएर बेपत्ता भएका अर्घाखाँचीका अधिकारी मृत अवस्थामा फेला

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता भएका व्यक्ती फेला परेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका हुन । मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए।
मलामी गएका अधिकारी लाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थियो ।शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !