अर्घाखाँचीमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि, १को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा २२ जना, भुमिकास्थान नगरपालिकामा १५ जना,मालारानी गाउँपालिकामा २८ जना,पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्ममा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ सय८३ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५१ जना कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या २८ सय ७६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ७सय ३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर८ कि १ महिलाको कोरोना संक्रमण बाट काठमाण्डौंमा मृत्यु भए संगै हाल सम्म जिल्लाभरमा कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ७७ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close