अर्घाखाँचीमा एकै दिन ४७ जना कोरोना मुक्त,थप ४१ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा २९ जना र मालारानी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १९ सय ९७ पुगेको छ ।यस्तै गएको २४ घण्टामा ४७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छ । अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ७ जना रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज कोरोना संक्रमण बाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का ४६ वर्षिय पुरुषको मुत्यु भएको हो । यो सँगै हाल सम्म कोरोना संक्रमण बाट जिल्ला मा मृत्यु हुनेको संख्या ५३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !