आइपिएल क्रिकेटमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकाल्यो

काठमाण्डौं ।इंडियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको दिल्ली १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय ९९ रन मात्र जोड्यो।

जित पछि हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली सातौं स्थानमा छ।आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close