दु्र्घनामा परि गुल्मी र पाल्पामा २ को मृत्यु

बुटवल ।गुल्मीको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परि बिहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ का ३० वर्षका मोटरसाइकल चालक पदम ढेगा मगर रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस्तै पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर एक मजदुरको मृत्यु भएको छ। बिहिबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close