सन्धिखर्कमा कार दुर्घटनामा परि घाइते भएका पोखरेललाई उपचारको लागि काठमाण्डौं लगियो

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिकाका युवा व्यवसायी अर्जुन पोखरेल कार दुर्घटनामा परि घाइते हुनुभएको छ ।आज उहाँलाई हेलिकम्टर मार्फत थप उपचारको लागि सन्धिखर्कबाट काठमाडौंको मेडिसिटी हस्पिटल पठाइएको छ ।

बिहिबार पाणिनि देखि सन्धिखर्क आउने क्रममा कार दुर्घटनामा पर्नुभएको हो । लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पोख्रेल घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कार सडकदेखि करिव ५० मिटर तल खोलामा खसेको थियो । घाईते पोखरेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक र नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (ख) का उपसभापति पनि हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close