पोखरामा खेलाडीले प्याराग्लाइडिङका क्रममा गुमाए ज्यान,प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाण्डौं ।नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा दुर्घटना हुँदा खेलाडीको मृत्यु भएको छ। कास्की पोखरा स्थित साराङकोटमा पुरुष क्रस कन्ट्री विधामा सहभागी त्रिभुवन आर्मी क्लबका निसिम थापाको निधन भएको हो । यो संगै नागरिक उड्यन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ।अर्को सुचना जारी नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको बताएको छ ।
खेल चलिरहेको वेला ब्लु स्काइ कम्पनीको प्याराग्लाइडिङ उडिरहेको समयमा एक्कसी खसेको थियो । एक सय मिटर माथि बाट जमिनमा खसेका २६ वषिर्य थापालाइ उपचारका लागि मेट्रेसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कमेन्ट गर्नुहोस !