सन्धिखर्क १०मा निशुल्क विशेषज्ञ दाँत मुख स्वास्थ्य शिविर सम्पन्न

प्रेमनारायण आचार्य,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० धरम्पानीमा निशुल्क विशेषज्ञ दाँत मुख स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँमै निशुल्क विशेषज्ञ सहितको दाँत मुख स्वास्थय शिविर सञ्चालन भएपछि स्थानीयहरु खुशी भएका छन् । शिविरमा झण्डै १ सय ३३ जनाले सेवा लिएका छन् । दन्त चिकित्सक डाक्टर मनिला गुरुंग, डाक्टर सपना कुँवर, डाक्टर सुस्मिता कक्षपति, लगायतका डाक्टरको टिमले विरामीको चेकजाँच गरेका थिए ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजना, आधुनिक समाज डेन्टल केयर प्राली बुटबलको सहकार्य , सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचकिो समन्वयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरको सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख मिश्रा आचार्यले व्यानर बाँचन गरेर उद्धाटन गर्नु भएको थियो । उहाँले नगरवासीलाई स्वास्थ्य क्षेत्रमा सेवा प्रबाह गर्न शिविर सञ्चालनले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो । उहाँले नगरवासीको हितमा काम हुने गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन भैरहेको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक गणेश सापकोटा, सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, समाज डेन्टल केयरका प्रमुख अमृत भुसाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए ।
१० नम्वर वडाका वडा अध्यक्ष मोहनसिंह ठकुरीको अध्यक्षता, सचिव विष्णु प्रसाद आचार्यको सञ्चालन र धरम्पानी स्वास्थ्या चौकीका प्रमुख रमा पराजुलीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य इश्वरी प्रसाद मरासिनी, हरिलाल पराजुली, तारा चौहान, अर्घा स्वास्थ्य चौकीका हिमलाल भट्टराई, वडा कार्यालयका कर्मचारीहरु कृष्णा भुसाल, प्रदिप आचार्य लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !