तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि सुरु

काठमाडौं ।भगवान सूर्यको पूजा आराधना गरिने तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ। विशेष गरि तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ ।

आज कात्तिक शुक्ल चौथीको दिन ‘नहाय खाय’ गरी छठ व्रतालुहरूले घरआँगन चोख्याउने गर्दछन् । धार्मिक मान्यताअनुसार खरनाकै दिन छठ पूजाको पहिलो दिन मानिन्छ ।साँझियाँ घाट कात्तिक शुक्ल षष्ठीमा मनाइन्छ। साँझियाँ घाटको पूजामा व्रतालुहरू तयार पारिएको पूजा सामग्री डालोमा राखेर परिवारको सबै सदस्यसहित नदी,तलाउ,पोखरीलगायत स्थानमा पुगेर किनारमा मिलेर छठी माता र सूर्य देवको भजनकीर्तन गरी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाउने गरिन्छ।
छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close