स्वास्थ्यमा समस्या आएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौं। अर्घाखाँचीबाट निर्वाचित सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि कारागारमा रहेका रायमाझी अस्पताल भर्ना भएका हुन । मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो । टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधवार उपचारका लागि सुन्धरा कारागार देखि महाराजगन्ज स्थित टिचिङ अस्पतालमामा लगिएको हो । अहिले उनको उपचार टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।
कमेन्ट गर्नुहोस !