अर्घाखाँची दुग्ध उत्पादन सहकारीको साधारणसभा सम्पन्न

प्रेमनारायण आचार्य,सन्धिखर्क ।अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी सस्था लिमिटेड सन्धखर्क अर्घाखाँचीको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएयो ।
साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले सहकारीको माध्यमबाट कृषि उत्पादनमा वृद्धि नगरे सम्म देशको अर्थतन्त्र उकास्न नसकिने बताउनुभयो ।
उहाँले कृषकको माग र समस्या समाधान गर्न नगरपालिकाले पहल गर्ने बताउनुभयो ।सहकारीले दुग्ध उत्पादन, प्याकेजिंग तथा बजारीकरणको कार्य गर्दै आएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु मोतिजंग रायमाझी, हुम प्रसाद बन्जाडे, मोहनसिंह ठकुरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुन्दरलाल बिक, कृषि विकास बैंक अर्घाखाँची शाखा प्रमुख दुर्गा प्रसाद खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियोे ।
साधारणसभा सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता, उपाध्यक्ष शान्ता पन्थीको स्वागत मन्तब्य र दिपक खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close