सामाजिक अभियान्ता पाण्डेको पहलमा अर्घाखाँची अस्पतालाई एचडियु बेड हस्तान्तरण

अर्घाखाँची ।विगत केही वर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा काम गदै आउनु भएका अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका युवा तथा सामाजिक अभियान्ता सचिन पाण्डेले कोरोनाको जोखिममा पनि सामाजिक संजाल बाट मेरो पनि १ हजार आर्थिक अभियान चलाएर जिल्ला अस्पताल अर्घाखाँची लाई दुइ वटा एचडियु बेड र अन्य स्वास्थ्य सामाग्री एक कार्यक्रम का बिच हस्तान्तरण गर्नुभएको छ ।सामाजिक अभियान्ता पाण्डेका अनुसार अक्सिजन पलान्ट निर्माण गर्नको लागि आर्थिक रकम संकलन गरेपनि पछि केन्द्र र स्थानीय सरकार बाट बजेट परेपछि आफुहरुले
अभियानको क्रममा संकलन भएको रकम बाट एचडियु बेड खरीद गरिएको पाण्डेले बताउनुभयो ।एचडियु बेड तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल,अस्पतालका प्रमुख डा.कपिल गौतम,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको सहभागीता रहेको थियो ।यस्तै स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची लाई माक्स हस्तान्तरण गरिएको हो ।
कमेन्ट गर्नुहोस !