नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको बैठक सम्पन्न

काठमाडौँ, भाद्र ९ ।नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको बैठक विभागीय प्रमुख तथा पार्टी केन्द्रीय सदस्य अब्दुल सत्तारको अध्यक्षतामा आईतबार सम्पन्न भएको बैठकदले विभिन्न निर्णय गरेको छ ।जसअनुसार बैठकले भाद्र २ गते केन्द्रीय कार्यालयमा सम्पन्न शुभेच्छुक संस्थाहरुसँगको अन्तरक्रिया तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र महामन्त्री गगनकुमार थापा विशिष्ट अतिथि हुनु भएकोप्रति कृतज्ञता प्रकट गरेको विभागकी सचिव निर्मला क्षेत्रीले दिनुभयो।
यता बैठकले संगठन सम्बन्धी प्रतिवेदन पुनः माग गर्ने, प्रदेशस्तरीय कार्यक्रमका लागि कांग्रेस प्रदेश कार्यसमितिसँग सहयोग माग्ने, तीज विशेष कार्यक्रममा लागेको खर्च सार्वजनिक गर्ने र सहयोगीलाई सम्मानपत्र दिने निर्णय गरेको छ।त्यस्तै विभागले पारित कार्यतालिका अनुसार सातै प्रदेशमा गठन भएका शुभेच्छुक संस्था समन्वय विभागसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
बैठकले शुभेच्छुक संस्थासँग सहकार्य गर्दै आगामी दिनमा अझ सशक्त रूपमा गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएको नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभाग सचिव क्षेत्रीले बताउनुभयो।
कमेन्ट गर्नुहोस !