सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

सन्धिखर्क ।अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकामा १ दिने बृहत निःशुल्क स्वास्थ शिविर संचालन हुने भएको छ । नगरपालिकाको वडा नम्बर २ बेलबाटीका अर्घाखाँची आवशिय माध्यमिक विद्यालयमा प्राङ्गणमा फागुन १९ गते (शनिबार)शिविर हने सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएको छ ।

सुशील कोइराला स्मृति प्रतिस्ठान काठमाडौं र सन्धिखर्क नगरपालिका को आयोजनामा हुने १ दिने स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले प्राविधिक सहयोग गर्ने बताउनुभयो ।१२ जना विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षण गरिने उहाँले बताउनुभयो। नगरप्रमुख श्रेष्ठले भन्नुभयो आर्थिक अवस्थाबाट उपचार गराउन नसकेकालाई पनि यो शिविर महत्वपुर्ण हुने पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख मिश्रा आचार्य कांग्रेस जिल्ला सभापति केशब श्रेष्ठ नगरपालिका शाखा अधिकृत मन्जु खनाल ,नगरपालिका स्वास्थ्य शाखा का जनस्वास्थ्य निरिक्षक प्रकाश परियार पत्रकार महासघका अध्यक्ष अशो खनाल लगाएको सहभागीता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close