अर्घाखाँचीमा हाईस दुर्घटना दुर्घटना १ को मृत्यु १० घाइते

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ ।१० जना घाइते भएका छन ।काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
११ जना सभार रहेको हाईसमा दुर्घटनामा परि जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका सन्जय विकको उपचारको क्रममा ठाडा प्राथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको छ। अन्य १० जना घाइते भएका हुन १० जना मध्ये प्राथामिक स्वास्थ्य चौकी ठाडाले ३ जना गम्भिर घाईत सहित ७ जना लाई थप उपचारको लागि बुटवल रिफर गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।
सामन्य घाइते चालक सुदन रायमाझीको प्राथामिक स्वास्थ्य चौकी ठाडामा उपचार भैरहेको छ भने सहचालक धारापानीका टेकराज बन्जाडेको र अन्य १ जनाका अर्घाखाँची अस्पतालमा उपचार भैरहेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close