दाजुभाईले स्वर्गिय बुबाआमाको सम्झनामा १० लाखको अक्षय कोष स्थापना गरे

सन्धिखर्क ।अर्घाखाँचीमा दाजुभाईले स्वर्गिय बुबाआमाको सम्झानामा अक्षय कोष स्थापना गर्नुभएको छ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसाल र साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले १० लाखको अक्षय कोष स्थापना गर्नुभएको हो ।
स्वर्गीय बुवाआमा भोजराज भुसाल र पवित्रा भुसालको स्मृतिमा बुवाको पहिलो वार्षिक पुण्यतिथिमा साथी वचत तथा ऋण सहकारी संस्थामा उक्त अक्षय कोष स्थापना गरिएको हो ।१० लाख वार्षिक व्याजबाट दुःखी,गरिबलाई सहयोग,जटिल प्रकारका रोग लागेकालाई उपचार खर्च लगायत विभिन्न सामाजिक कार्यमा खर्च गरिने जनाएको छ ।
कमेन्ट गर्नुहोस !