सन्धिखर्क कान्तीपथ बसपार्क टोल सुधार समितिले जथाभावी फोहोर फाल्नेलाई जरिवना गर्ने

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको बागीखोला कान्तीपथ बसपार्क टोल सुधार समितिको बैठक सम्पन्न भएको छ ।बैठकले कुनैपनि फोहोर वस्तुहरु जथाभावी फालेको देखेमा पहिलो पटकमा ५ सय जरिवना गर्ने निर्णय गरेको छ । बैठकमा टोल समितिका अध्यक्ष मुम बहादुर महत (मुनाल) सचिव मनिराम थापा ,कोषाध्यक्ष लालबहादुर बस्नेत(राजु) लगायतको सहभागीतामा बसेको समितिले यस्तो निर्णय गरेको हो ।
दोस्रो पटकमा फोहोर फाल्ने लाई १ हजार जरिवना गर्ने निर्णय समेत गरिएको बताएको छ ।यस्तै पटक पटक आग्रह गर्दा समेत जथाभावी फोहोर फाल्न नरोकिएपछि यस्तो निर्णय गरिएको बसपार्क टोल सुधार समितिले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close