प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी

प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर ५ ओखरकोट ढाड बजारमा आज साँझ स्थानीय पदम खड्काको घरमा चोरी भएको छ। अपरिचित मानिस कोठामा पसेर खड्काकी बुहारी संगीता जिसी लाई बेहोस हुने औषधिको प्रयोगवाट बेहोस बनाइ सुनचाँदी, नगद चोरी भएको छ। संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ।
कमेन्ट गर्नुहोस !