अर्घाखाँची भूमिकास्थान रुपन्देही सम्पर्क समाजद्वारा क्यालेन्डर विमोचन

टेकराज भुसाल,बुटवल। अर्घाखाँचीको भूमिकास्थान रुपन्देही सम्पर्क समाजले भित्ते पात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।भूमिकास्थानबाट रुपन्देही आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकालाई गोलबद्ध गर्दै समाजले मंगलबार बुटवल १३ बेलवासमा नव वर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमोचन गरेको हो ।

कार्यक्रममा समाजका जेष्ठ सदस्य रघुपति चुदाली, उपाध्यक्ष ढुण्डिराज खनाल, महिला सदस्य शान्ता भुसाल, क्यालेन्डर प्रकाशन समिति संयोजक रामप्रसाद भुसाल,सल्लाहकार टान बहादुर खत्री, कानुनी सल्लाहकार बसन्त पोख्रेल र प्रेस सल्लाहकार टेकराज भुसालले बोल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउदै भूमिकास्थानबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नुभएका सम्पूर्णले आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारीका रुपमा सम्पर्क समाजलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम सम्पर्क समाजका अध्यक्ष लक्ष्मण वेल्वासेको अध्यक्षता, सचिव यमप्रसाद गैरेको संचालन र उपाध्यक्ष गोपालप्रसाद गैरेको स्वागतमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close