अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१८ घाइते

सागर महत, सन्धिखर्क ।
अर्घाखाँचीमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।शितगंगा नगरपालिका २ भुवनपाटामा लु २ ख ३०३ नम्बरको यात्रुवाहक बस भुवनपाटा ओरालो सडकबाट तल खसेर दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको बुटवल उप–महाननगरपालिका ८ वस्ने वष ५५ वर्षिय जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षिय उमा न्यौपाने,नाम नखुलेकी मृतककी सासु आमा र पश्चिम बर्दघाट बस्ने बस चालक मदन कुमार वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु पौडे्लले बताउनुभयो ।
बस दुर्घटनामा परि घाइते १८ जनामध्ये ११ जनाको को प्राथामिक उपचार केन्द्र ठाडा र ७ जनालाई बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।अर्घाखाँचीबाट नवलपरासी फर्किने क्रममा बस दुर्घटना भएको हो ।बस सडकदेखि करिव ३० मिटर तल खसेको छ ।
कमेन्ट गर्नुहोस !