अर्घाखाँचीमा सूचनाको पहुँच र प्रयोगबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची, भदौ ४ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा मंगलबार १७ औं राष्ट्रिय सूचना दिवस को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सूचना प्राप्तिको हक, सरकारी पारदर्शिता, उत्तरदायित्व र नागरिकको सहभागिता विषयमा छलफल गरिएको थियो। सहभागीहरूले सूचनाको पहुँच र प्रयोगले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो।कार्यक्रमको अन्त्यमा सूचनाको हकसम्बन्धी जनचेतना अझ विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
कमेन्ट गर्नुहोस !