सन्धिखर्क नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवना गर्ने

सागर महत,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवना गर्ने भएको छ ।नगरभित्र रहेका बजार क्षेत्र, र खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै नगरपालिकाले फोहोर फाल्नेलाई जरिवाना गर्ने भएको छ ।यसैक्रममा शनिबार बाँगी खोला, घोचो खोला, भद्री खोला लगायतका क्षेत्रमा दिन प्रतिदिन फोहोर बढ्दै गएपछि सरसफाइ गरिएको छ ।

जनप्रतिनिधि ,सुरक्षा निकाय ,राष्ट्र सेवक कर्मचारी, पत्रकार,स्थानीय लगायतले सरसफाइ अभियानमा सहभागी जनाएका थिए । फोहोरले दुर्गन्ध फैलिएपछि जनदबाब आएको र सोहि अनुसार नगरपालिकाले सबै निकाय जुटाएर सरसफाइ अभियान संचालन गरेको सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले अब देखि प्रत्यक हप्ताको अन्तिम शनिबार सरसफाइ अभियान सञ्चालन गर्ने छ । सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई पहिलो पटकमा सचेत गराउने र द्रोस्रो पटकमा पुन सोहि कार्य गरेमा जरिवना गर्ने मेयर श्रेष्ठले बताउनुभयो ।कार्यक्रमा उपप्रमुख मिश्रा आचार्य,प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल,पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष अशोक खनाल लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close