गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी । गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।जिल्लाको सत्यवती गाउँपालिका २ पाहादी स्थित कालिगण्डकी करिडोरमा गएराति लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा २४ वर्षीय चलाक श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

चालक कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र जोहाङले उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको टिपर राती दुर्घटना भएको हो ।

मृतक चालक पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा हुन् । त्यस्तै दुर्घटनामा परेर २३ वर्षीय सहचालक मोहन जैसी घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close