चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं ।आज देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेष गरि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।हिजोदेखि सक्रिय भएको पानी पार्ने नयाँ प्रणालीले पर्सि आइतवारसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान् छ ।

जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, गण्डकी, लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close