रुपन्देही २ का उम्मेदवार राजु गरुङको उम्मेदवारी खारेज

काठमाण्डौं ।सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको उम्मेदवारी खारेज गर्ने आदेश दिएको हो।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको यो निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस !