अर्घाखाँचीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १७ जना,भुमिकास्थान नगरपालिकामा ९ जनामा मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा ९ जना र छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा कुल कोरोना संक्रतिम संख्या १६ सय ५८ पुगेको छ भने कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८ सय ९८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पाणिनी गाउँपालिका वडा नम्बर ४ का ५५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण उपचारको क्रममा कपिलबस्तुमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । हाल सम्म जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
कमेन्ट गर्नुहोस !