कपिलवस्तुमा जनपत्रकार संगठनको दोश्रो भेला सम्पन्न

कपिलवस्तु ।कपिलवस्तुमा जनपत्रकार संगठन नेपालको दोश्रो भेला सम्पन्न भएको छ ।उक्त जिल्ला समितिको भेलाले अनिल थारूको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । नव गठित समितिको सचिबमा ईमान सुनार कोषाध्यक्षमा सुस्मिता भट्टराई रहेको १५ सदस्यीय समिति गठन गरेको हो ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य पदम केसिले पत्रकारीता क्षेत्रले हरेक परिवर्तन कार्यमा टेवा पुराउने भएकाले सोहि बमोजिका समाचार संकलन गर्न आग्रह गर्नुभयो ।
यस्तै संगठनका केन्द्रीय सदस्य दाना केसि र अनिल नेपालीले पत्रकारिता समाज रूपान्तरणको माध्यम भएकोले सबैले खोज पत्रकारिता गनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अखिल क्रान्तिकारिका कपिलवस्तु अध्यक्ष विष्णु राउत तथा संगठनका अघांखाँची अध्यक्ष अयान वि।क।ले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम संगठनका कपिलवस्तु संयोजक अनिल थारूको अध्यक्षता ईमान सुनारको स्वागत मन्तब्य तथा चन्द्र वलि यादबको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !