प्रधानमन्त्री पदमा को आउछ,राष्ट्रपतिको हातमा दुबै पक्ष बाट बहुमत दाबी

काठमाण्डौ ।शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १ सय४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।तर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १सय२१ सहित १सय५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीको इशारामा संवैधानिक दायित्व र कर्तव्य भुलेको आरोप बारम्बार खेप्दै आउनुभएका भण्डारीले लिने निर्णय कत्तिको न्यायिक हुनेछ भन्ने अब केहीबेरमै टुंगो लाग्नेछ ।अर्के तर्फ राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने पनि बताएको छ ।
कमेन्ट गर्नुहोस !