शान्ति सुरक्षा र समग्र सेवा प्रवाहमा खटन तयार छुःअर्घाखाँची प्रमुख जिल्ला अधिकारी ढकाल

सन्धिखर्क। अर्घाखाँचीमा सरुवा भई आउनु भएका नयाँ प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल संग पत्रकार संग अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले आफूले जिल्लाको शान्ति सुरक्षा र समग्र सेवा प्रवाहको लागि खटिन तयार रहेको बताउनुभयो ।जसको लागि सबैको सहयोगको उपेक्षा रहेको पनि बताउनुभयो ।अब बर्खा याम सुरु भएकाले जिल्लाका मुख्य सडकमा पहिरो जादा अवरुद्व हुने समस्याको लागि सम्बन्धीत सडक विभाग संग तत्काल खुलाउनको लागि समन्वयकारी भुमिका खेलेको बताउनुभयो ।केहि वर्ष यता विभिन्न यातयातका साधनले भाडा दर हेरफेर नगरेको विषयमा बोल्दै यस बारेमा थप अध्यान गरेर भाडा दर निर्धारण गर्नको लागि पहल गर्ने प्रजिय ढकालले बताउनुभयो।

यस्तै यस अघि बनेका जिल्ला विपत व्यवस्थापन समितिले प्रभावकारी काम नगरेको भन्दै विपत व्यवस्थापन समितिले जती काम गर्न सक्छ त्यसमा जिम्मेवारी भएर सोहि बमोजिम काम गर्न पत्रकारहरुले आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close