भुमिकास्थानमा १५ शैयाको अस्पताल निर्माण देखि खरका छाना विस्तापन सम्म

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले गत आर्थिक वर्षमा २०७९/८०मा ९०.१४ प्रतिशत वित्तीय प्रगति भएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले बताउनुभयो।यस्तै भैतिक प्रगति ९४.१९ प्रतिसत भएको उहाँको भनाइ छ ।
यता गत आर्थिक वर्षमा १५ शैयाको आधारभुत अस्पताल निर्माण गरेको छ। जिल्लाका ६ वटा स्थानीय तह मध्ये भुमिकास्थान नगरपालिकाले पहिलो पटक आधारभुत अस्पताल निर्माण पहिलो चरणमा निर्माण सम्पन्न गरेको नगरप्रमुख झविलाल थापाले बताउनुभयो।
अस्पताल संचालनका लागि आवश्यक पर्ने जनशक्ती र उपकरण खरिदको लागि नगरपालिकाको आर्थिक श्रोतले भेट्न नसक्ने भएकाले केन्द्र सरकार र प्रदेश सरकार संग समन्वय गरेर संचालन गर्ने नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रममा नगरप्रमुख थापाले यस्तो बताउनुभएको हो ।
१ वर्षको अवधिमा १ सय ८० घरमा खरको छाना विस्पापीत गरि सुरक्षित आवासको लागि टिन वितरण गरिएको उनको उहाँको भनाइ छ ।नगरभित्र ९ किलोमिटर सडक पिच गरिएको छ,भने १० वटै वडामा वडा कार्यालय पनि बनीसकेको छ ।
सम्पुर्ण वडाका वडा सचिवले पस्तुत गरेको विवरण अनुसार एक वर्षमा नगरपालिका बाट करिव ८ सयको संख्यामा बसाई सराई भएको छ ।यो विषय निकै चुनौती पुर्ण भएकाले अब नगरपालिका यसको रोकथामको लागि केही भए पनि रोजगार मुलक कार्यक्रम ल्याउने तयारीमा भएको नगरप्रमुख थापाको बताउनुभयो। नगरपालिकाले रोजगारी सृर्जना गर्नको लागि आवश्यताको आधारमा भौतिक काममा पनि युवाहरुलाई परिचालन गर्ने नगरप्रमुख थापाको भनाइ छ ।
नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासको लागि सेङलेङ्ग,पोखेडाँडा,दुर्वाङ्ग लगायतका पर्यटकिय स्थलको विकासको लागि डिपिआर तयार पारेको उपप्रमुख बालकृष्ण बन्जाडेले बताउनुभयो।र्काक्रममा विषयगत शाखाबाट भएका गतिविधी समेत पस्तुती गरिएको थियो ।
बाझो जमीनलाई सदुपयोग गरेर नगरपालिकाको पहलमा विभिन्न किसिमका तरकारी बाली लगाएर रोजगारी सृर्जना लाग्ने समेत उपप्रमुख बन्जाडेले बताउनुभएको हो ।
कमेन्ट गर्नुहोस !