सन्धिखर्क नगरपालिकाद्वारा मासु पसल अनुगमन,सडक पेटीमा मासु काट्न रोक

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा मासु पसल अनुगमन गरिएको छ । अनुगमनको क्रममा राँगाको मासु सडक पेटी नजिकै राखेर काटेको पाइएको छ ।सन्धिखर्क १ मा संचालीत मासु पसलले सडक पेटीमा राखेर काटेको पाइएको सन्धिखर्क नगरपालिका पशु शाखा प्रमुख नारायण खनालले बताउनुभयो ।


सुधार गर्नको लागि १५ दिनको समय दिएको समयमै सुधार नगरेमा कानुनी कार्वाही गर्ने उहाँले बताउनुभयो। बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि समन्वय गरेको थियो ।


यस्तै केही मासु पसलमा मुल्य सुचि नराखेको र पसल दर्ता नगरी संचालन गरेको पाइएको छ ।त्यस्ता पसल लाई एक हप्ता भित्रमा पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकिय अधिकृत नुमलाल पन्थीले बताउनुभयो ।


अनुगमनमा सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली,डाक्टर हकिकत अलि ,जनस्वास्थ्य निरिक्षक धर्मराज भुसाल प्राविधिक सहायक वुद्वीराम गौतम, राजेश्व शाखाकी कर्मचारी यमुना पन्थी ,पत्रकार सागर महत,प्रहरी डिलबहादुर रानाको सहभागीतामा बजार अनुगमन गरिएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close